
काठमाडौं । टिभीएस मोटर कम्पनीको मार्भल्स अभेन्जर्सबाट प्ररित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरिएको छ । टिभीएस मोटर कम्पनी विश्वव्यापीरुपमा प्रतिष्ठित दुई पाङग्रे सुपरस्क्वाड संस्करण आइतबार एक कार्यक्रमको आयोजना गरेर नेपाली बजारमा सार्वजनिक गरिएको हो ।
कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यावसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको छ । जुन आइकोनिक मार्भल सुपर हिरोद्धारा प्ररित नेपालको पहिलो ब्लुटुठ कनेक्ट स्कूटर हो ।
सुपरस्क्वाड संस्करण क्रमश आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्ररित तीन आकर्षण रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक र कम्ब्याट ब्लूमा उपलब्ध छन् । यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हिरोसंग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस