aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महिला लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ फागुन २०७७
महिला लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आइतवारसम्म मागभन्दा ३९ दशमलव ८२ गुणा बढी आवेदन परिसकेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ ५ बजेसम्म ९ लाख ६३ हजार ८६८ जना आवेदकबाट १ करोड ४९ लाख ३५ हजार ९७० कित्ताको लागि आवेदन परेको हो । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि फागुन ४ गतेसम्म मात्र विक्री खुला गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले माघ ३० गते शुक्रवारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको हो । कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।   

यो आईपीओमा आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।  

कम्पनीले यो आईपीओ विक्री गर्न माघ ८ गते बोर्डको अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी ६ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी १० करोड पुग्नेछ । हाल कम्पनीमा संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत शेयर कम्पनीले विक्री गर्न अनुमति पाएको हो । कम्पनीले गत मंसिर ३ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । आर्थिक वर्ष २०७६÷७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ ३१३ दशमलव १६ रहेको छ । 

प्रतिक्रिया दिनुहोस