
काठमाडौं । यसै बर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको सानिमा जनरल इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने भएको छ । गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सञ्चालन समितिबाट पारित गरेको कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज मार्फत सार्वजनिक सुचनामा सञ्चालक समितिले पारित गरेको वार्षिक लेखापरिक्षण प्रतिवेदन सहितको वित्तीय विवरण बीमा समितिमा स्वीकृतिको लागि पेश गर्ने निर्णय भएको उल्लेअख गरिएको छ ।
यस कम्पनीले गत असोज २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरी असोज ३० गते बाँडफाँट गरेको थियो । कात्तिक १८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार कात्तिक १९ गतेदेखि भएको हो ।
आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब कायम भएको छ । यस कम्पनीमा संस्थापकतर्फ रू. ७० करोड र सर्वसाधारणतर्फ रू. ३० करोड बराबरको शेयर स्वामित्व रहेको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ करोड ९६ लाख ८७ हजार खुद नाफा गरेको कम्पनीको जगेडा कोष रकम रू. ६ करोड ३१ लाख ३७ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ९४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस