aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
एनएमबि लघुवित्त

एनएमबि लघुवित्तले कर्मचारी माग्यो, प्लसटू सकेकाले पनि आवेदन दिन पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ फागुन २०७७
एनएमबि लघुवित्तले कर्मचारी माग्यो, प्लसटू सकेकाले पनि आवेदन दिन पाउने

काठमाडौं । राष्ट्रिय स्तरको एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ । सो लघुवित्तले वरिष्ठ सहायक स्तरका कर्मचारीको माग गरेको हो । कर्मचारी संख्याबारे भने सो लघुवित्तले केही खुलाएको छैन । 

लघुवित्तमा आवेदनका लागि प्लसटू उर्तीण गरेका व्यक्ति योग्य हुनेछन् । तर, यसका लागि बैंक तथा वित्तीय संस्थामा २ वर्षको कार्यानुभव रहेको हुनुपर्ने शर्त राखिएको छ । 

सो पदमा आवेदनको लागि इमेलमार्फत् आफ्नो आवेदन र बायोडाटा पठाउनुपर्ने उल्लेख गरिएको छ । २१ वर्ष पूरा भई ३० वर्ष ननाघेका पुरुष र ३५ वर्ष ननाघेका महिला यो आवेदनका लागि योग्य हुनेछन् । 


प्रतिक्रिया दिनुहोस