aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विश्वभरीका नेपालीलाई क्यान्सरदेखि मनोविज्ञानसम्मको निशुल्क परामर्श

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ फागुन २०७७
विश्वभरीका नेपालीलाई क्यान्सरदेखि मनोविज्ञानसम्मको निशुल्क परामर्श

 लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति  तथा वैदेशिक रोजगार तथा कल्याण विभाग को संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेलि–हेल्थ सेवा शुक्रबार १२ फेब्रुअरी २०२१ देखि शुभारम्भ गरिएको छ । 

यस टेलि–हेल्थ सेवाबाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपाली मूलका कुनै पनि व्यक्तिले लाभ लिन सक्ने एनआरएनएले जनाएको छ । उनीहरुले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्छन् । यो टेलि–हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य विशेषज्ञ र चिकित्सकहरु रहेका छन।

मिर्गौला, कलेजो, मुटु, आँखा, नाक, कान, घााटी तथा मुख सम्बन्धि स्वास्थ्य विज्ञदेखि डाईटिशियन, र फिजियोथेरापिस्ट, दन्त चिकित्सक लगायतका अन्य थुप्रै स्वास्थ्य विज्ञहरुले तपाईको जिज्ञासा वा समस्याको सम्बोधन गर्नेछन र उचित परामर्श प्रदान गर्ने संघले जनाएको छ । यति मात्रै होइन, मनोचिकित्सक, मनो–परामर्शदाता, स्नायू रोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ, र छारे रोग (एपिलेप्सी)का विशेषज्ञहरू पनि यस टेलि–हेल्थ कार्यक्रममा समेटिएको  । साथै, बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र ज्येष्ठ नागरिक रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मधुमेह विज्ञ, स्तन क्यान्सर विज्ञ, क्यान्सर रोकथाम र उपचार विज्ञहरु र सार्वजनिक स्वास्थ्य विशेषज्ञहरू यस कार्यक्रममा सहभागी छन् ।

आफ्नो मोबाइलमा रहेको भाइबर, वाट्एपमार्फत टेलिहेल्थ कार्यक्रममा सहभागी हुन वा यसमार्फत स्वास्थ्य विज्ञहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने छ । त्यसका लागि नेपाल बाहिर भए ९७४–५५५–६५३२० वा ९७७ ९८०–२३१ –४७३९ र नेपाल भित्र भए मोबाइल नम्बर ९८०–२३१ –४७३९ मार्फत सम्पर्क गर्न सकिनेछ । साथै, तपाईले इमेल तभभिजभबतिज२लचलब।यचन मा आफ्ना स्वास्थ्य जिज्ञासा लेखेर पठाउन ससकने छ ।

यस कार्यक्रमार्फत सेवा लिए बापत कुनै पनि शुल्क लाग्दैन । यो नितान्त निशूल्क कार्यक्रम हो, जुन गैरआवासीय नेपाली संघमार्फत विश्वव्यापी रुपमा नेपाली समुदायलाई प्रदान गर्नका लागि सुरु गरिएको हो । यस कार्यक्रममा सहभागी सबै स्वास्थ्य विज्ञ, चिकित्सकहरुलाई सेवा दिए बापत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको संघले जनाएको छ ।

विश्वका जुनसुकै कुनामा भएपनि सरल र सहज रुपमा भर्चुअल माध्यमबाट तपाईले फोन वा ईमेल गरेर आफ्ना स्वास्थ्य समस्याहरुबारे जिज्ञासा राख्न सकिन । यूरोप होस् वा अमेरिका, अफ्रिका होस् वा मध्यपूर्वका जुनसुकै राष्ट्रबाट पनि यस कार्यक्रममा जोडिन सकिनेछ ।

जस्तै बहराइनमा कार्यरत नेपालीलाई शरीर भरी चिलाउन थालेमा वा मलेसियामा कार्यरत महिला जो एक सातादेखि टाउको दुखेर हैरान छिन् वा रसियामा कार्यरत कुनै नेपालीलाई घुँडाको दुखाई छ, वा दक्षिण कोरियामा एक नेपालीलाई मानसिक विचलनको समस्या देखा परेको छ भने, उनीहरुले फोन वा इमेलमार्फत टेलिहेल्थ कार्यक्रममार्फत स्वास्थ्य परामर्श लिन सक्नेछन ।

उनीहरुले मोबाइल , फोन एसएमएस गरेर वा इमेलमार्फत आफ्ना समस्या राख्न सक्छन । फोन वा इमेल प्राप्त भएपछि सेवामा खटिएका डाक्टर वा नर्सले कुरा गर्नेछन् । उनीहरुको समग्र समस्या सुनेर स्वास्थ्य अवस्था मूल्यांकन गर्नेछन् र सम्बन्धित विशेषज्ञलाई जोडेर स्वास्थ्य समस्या सम्बोधनका लागि सल्लाह वा परामर्श दिनेछन् ।

टेलिहेल्थ कार्यक्रमले सम्बन्धित स्वास्थ्य समस्याका बारेमा परामर्श दिन सक्छ तर तपाईलाई आवश्यक औषधी उपलब्ध भने नगराउने संघले जनाएको छ । सम्बन्धित मुलुकको नीति, नियम र कानून मातहत रहेर काम गर्नुपर्ने भएकाले यो कार्यक्रमले ती कानूनको बर्खिलाप हुने कुनैपनि काम गर्दैन । यदि तपाईलाई गम्भीर र आपतकालिन समस्या परे तपाईले तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्नेछ ।

यस कार्यक्रमको माध्यमबाट टेलि–हेल्थ खोज्ने प्रत्येक व्यक्तिको गोप्यता उनीहरूलाई टेलिहेल्थ प्रदान गर्ने जत्तिकै महत्त्वपूर्ण छ । यो प्रणाली र संयन्त्रबाट सबै परामर्शहरू गोप्य राख्न सुनिश्चित गरेको छ । डाक्टर र विशेषज्ञ बाहेक ब्यक्ती को स्वास्थ्य सम्बन्धि जानकारी कसैलाई थाहा हुँदैन । एनआरएनएको स्वास्थ्य समिति यो सुनिश्चित गर्न चाहान्छ कि स्वास्थ्य जानकारी सुरक्षित र गोप्य रूपमा राखिनेछ ।

प्रतिक्रिया दिनुहोस