
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष कुल ६ दशमलव ७५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीको फागुन ३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस