
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । माघ ३० गते शुक्रवारदेखि आईपीओ विक्री खुला गरेको यस कम्पनीले आईपीओमा सोमवारसम्म मागभन्दा करिब ५० गुणा बढी आवेदन परिसकेको छ ।
आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार सोमवार साझ ५ बजेसम्म १२ लाख १ हजार ८९० जनाबाट १ करोड ८५ लाख ३५ हजार १०० कित्ताको लागि आवेदन परेको छ । जुन मागभन्दा ४९ दशमलव ४२ गुणा बढी हुन आउँछ ।
कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४ लाख कित्ता आईपीओ सर्वसाधारणमा बिक्रीमा ल्याएको हो । कुल कित्तामध्य शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत दरको २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखी बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।
यो आईपीओा आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस