aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

फरवार्ड माइक्रोफाइनान्सको प्रस्तावित ३१.५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ फागुन २०७७
फरवार्ड माइक्रोफाइनान्सको प्रस्तावित ३१.५८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश सुरक्षित गर्ने फागुन ४ गते आज अन्तिम दिन रहेको छ । 

कम्पनीले यस वर्ष गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४ लाख १५ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारित गर्न कम्पनीले फागुन २१ गते ८औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते भोली एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म शेयर कायम गर्नुपर्ने भएको हो । 

बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस