aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सिभिल लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ फागुन २०७७
सिभिल लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । सिभिल लघुवित्तले यस वर्षको लागि प्रस्ताव गरेको  ३ दशमलव ६८ प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २३ करोड ३९ लाख ३३ हजार ७०० रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले रू. ८१ लाख ८७ हजार ६७९ बराबरको बोनस शेयर र रू. ४ लाख ३० हजार ९३० बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

नेपाल राष्ट्र बैंकको स्वीकृति पाएपश्चात कम्पनीलाई उक्त लाभांश आगामी साधारण सभाको लागि पेश गर्ने वाटो खुला भएको छ ।

प्रतिक्रिया दिनुहोस