
काठमाडौं । मूल्य बढेको एक साता नबित्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले फेरि मूल्य बढाउने तयारी गरेको हो ।
मंगलबार भारतीय आयल कर्पोरेसनले निगमलाई नयाँ मूल्यसूची पठाएको छ । यसलाई आधार मानेर एक दुई दिनभित्रै मूल्य समायोजन हुने निगमले जनाएको छ ।
मूल्य बढेर आएको तथा सीमावर्ती भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकोले मूल्य बढाउनुपर्ने अवस्था आएको निगमको तर्क छ । अहिले भारतको रक्सौलमा पेट्रोलियम पदार्थको मूल्य र नेपाली सीमा नाकाको भन्दा ४० रुपैयाँ बढी छ ।
प्रतिक्रिया दिनुहोस