aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल पुनर्बीमाले गर्यो कोभिड बीमाको विदेशी कम्पनीसँग रि–इन्स्योरेन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ फागुन २०७७
नेपाल पुनर्बीमाले गर्यो कोभिड बीमाको विदेशी कम्पनीसँग रि–इन्स्योरेन्स

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले कोरोना बीमाको रि–इन्स्योरेन्स गरेको छ । कम्पनीले भदौ २८ पछि लागू भएको कोरोना बीमाको नयाँ पोलिसीको रि–इन्स्योरेन्स गराएको नेपाल पुनर्बीमा कम्पनीका उपमहाप्रवन्धक तथा प्रवक्ता दामोदर भण्डारीले बताए । ‘बीमा समितिले पछिल्लो पटक कोभिड बीमाको मापदण्ड परिवर्तन गरेपछि जारी भएका पोलिसीको हामीले रि–इन्स्योरेन्स गरेको हौं,’ उनले भने ‘अब कोभिड पुलबाट भएको बीमाको रि को पनि रि–इन्स्योरेन्स भएको हो ।’ अब त्यस यता भएको कोभिड बीमाको रिकभरी विदेशी रि–इन्स्योरेन्स कम्पनीले गर्नेछ ।

प्रवक्ता भण्डारीले लामो समयको प्रयासपछि विदेशी पुनर्बीमा कम्पनी कोरोना बीमाको रि–इन्स्योरेन्स गर्न तयार भएको बताए ।  नयाँ प्रडक्ट आएपछिको रि–इन्स्योेरेन्स विदेशी कम्पनीले रिकभरी गर्नेछ । योसँगै कोभिड बीमामा परेको पुनर्बीमकको हिस्सा भने रिकभरी हुने देखिएको छ । 

कोरोना बीमाको दावी भुक्तानीको दायित्व अहिले नेपाल सरकारमा सरेको छ । कोरोना बीमाको दावी भुक्तानी ३ अर्ब ५० करोड रुपैयाँभन्दा माथि पुगेको दावी भुक्तानीको दायित्व स्वतः सरकारमा गएको हो । नेपाल बीमक संघका अनुसार हालसम्म कोरोना बीमा दावी भुक्तानी ४ अर्ब रुपैयाँ बढी पुगिसकेको छ । 

मापदण्ड १ अर्बसम्मको दाबी निर्जीवन बीमा कम्पनीहरूले कोभिड बीमा पुलमार्फत गरेका छन् । त्यसभन्दा बढी अर्थात् २ अर्बसम्मको दाबी परेमा नेपाल पुनर्बीमा कम्पनीबाट १ अर्बको भुक्तानी गर्ने व्यवस्था छ । त्यसभन्दा पनि बढी दाबी परेमा बीमा कम्पनीहरूको महाविपत्ति कोषमार्फत ५० करोड भुक्तानी हुनेछ भने २ अर्ब ५० करोडभन्दा बढी दाबी परेमा बीमा समितिले १ अर्ब भुक्तानी गर्ने व्यवस्था मापदण्डमा उल्लेख गरिएको छ । 
कोरोना बीमामा ८ अर्बदेखि १० अर्बसम्मको हाराहारीमा दाबी पर्ने अनुमान गरिएको छ । त्यसमा साढे ३ अर्ब रुपैयाँ बराबरको भुक्तानी बीमा क्षेत्रबाटै भएको छ । त्यसअनुसार कोरोना बीमाको दाबीबापत सरकारले ५ अर्बको हाराहारीमा भुक्तानी गर्नुपर्ने देखिएको छ । 

समितिले गत वैशाख ४ गते कोभिड–१९ बीमालेखको मापदण्ड जारी गरेपछि वैशाख ७ गतेदेखि यो पोलिसी कार्यान्यनमा गएको हो । उक्त बीमामा आम मानिसको आकर्षण बढ्दै गएपछि दायित्व पनि बढ्दै गएको थियो । यहिबीच नेपाल पुनर्बीमा कम्पनीले कोभिड बीमाको विदेशी कम्पनीसँग रि–इन्स्योरेन्स गरेको हो । 


 

प्रतिक्रिया दिनुहोस