aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

महालक्ष्मी लाइफका नयाँ सञ्चालकले लिए सपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ फागुन २०७७
महालक्ष्मी लाइफका नयाँ सञ्चालकले लिए सपथ

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका नवनिर्वाचित सञ्चालकले पद तथा गोपनियताको सपथ लिएका छन्। इन्स्योरेन्सको सोमबार सम्पन्न तेस्रो साधारणसभाले रमण शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो। आगामी चार वर्षका लागि कार्यसमितिमा नयाँ पदाधिकारीहरु चयन भएका छन्।

यस्तै, साधारणसभाले मनोरञ्जन रमण शर्मा, सुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो।नवनियुक्त अध्यक्ष शर्मालाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए।

प्रतिक्रिया दिनुहोस