aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । माघ ३० गते शुक्रवारदेखि आईपीओ विक्री खुला गरेको यस कम्पनीले आईपीओमा मंगलबारसम्म मागभन्दा करिब ६० गुणा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंगलबार साँझ ५ बजेसम्म १४ लाख ४४ हजार ५८८ जना आवेदकले  २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन् । 

जुुन मागभन्दा ५९ दशमलव ९५ गुणा बढी हो । कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । यस आईपीओमा फागुन ५ गते आज (बुधबार)सम्म आवेदन दिन सकिने व्यवस्था छ ।   

प्रतिकित्ता १०० अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्य ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखेको छ । यो आईपीओमा आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था थियो । हाल कम्पनीको चुक्तापूँजी ६ करोड रहेको छ ।

आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी १० करोड पुग्नेछ । आर्थिक वर्ष २०७६÷७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ ३१३ दशमलव १६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस