aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

टेस्लाले भारतमा उद्योग खोल्ने, नेपालका लागि अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
टेस्लाले भारतमा उद्योग खोल्ने, नेपालका लागि अवसर

एजेन्सी । प्रख्यात विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले भारतमा पनि आफ्नो उद्योग स्थापना गर्ने भएको छ । यस अनुरुप उसले सम्झौता समेत गरिसकेको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो कम्पनीले यसअघि नै चीनमा आफ्नो उत्पादन गर्न सुरु गरिसकेको छ । सो कम्पनीले दक्षिण भारतको कर्नाटक राज्यमा कार उत्पादन गर्न लागेको हो । 

भारतको कर्नाटक राज्य विद्युतिय कारको हब हुने सम्भावना भएका कारण त्यहाँ आफ्नो उद्योग स्थापना गर्न लागेको टेस्लाले जनाएको छ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आगामी जनवरीसम्ममा टेस्ला भारतमा प्रवेश गर्ने जानकारी दिएका हुन ।

विद्युत उत्पादन क्षमतामा विकास गर्दै छिमेकी देशमा विद्युत निर्यात गर्ने उदेश्य लिएको नेपालका लागि भारतमा प्रख्यात अमेरिकी कम्पनीले विद्युतिय गाडि उत्पादन गर्न लागेको विषय महत्वपुर्ण हुने देखिएको छ ।

विद्युतीय गाडिको उत्पादन जति बढ्यो त्यतिनै चार्जीङ्ग स्पट बढाउनु पर्ने हुन्छ जसको लागि विद्युतको आवश्यता पर्दछ । भारतमा यदि विद्युतिय गाडिको उत्पादन बढ्यो भने उसलाई चाहिने विद्युत आपूर्तिको लागि अवसर प्राप्त गर्ने सम्भावना नेपालले देखिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस