aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइएमई जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
आइएमई जनरल इन्स्योरेन्सको लाभांश प्रस्ताव

 काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ८ करोड १८ लाख ३६ हजार रहेको छ । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस