aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महिला लघुवित्तको आईपीओमा १५ लाख ८० हजारभन्दा बढीले दिए आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ फागुन २०७७
महिला लघुवित्तको आईपीओमा १५ लाख ८० हजारभन्दा बढीले दिए आवेदन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा १५ लाख ८० हजार ७८१ जनाले आवेदन दिएका छन् । अन्तिम दिन फागुन ५ गते बुधवार साझ ५ बजेसम्म यी आवेदकबाट २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको सिडिएस एण्ड क्यिरिङ लिमिटेडले जानकारी दिएको हो । जुन मागभन्दा ६५ दशमलव ७७ गुणा बढी हुन आउँछ । 

कम्पनीको आईपीओका लागि परेको आवेदन हालसम्मकै उच्च रहेको छ । यस अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजारभन्दा बढीको आवेदन परेको थियो । 

कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । प्रतिकित्ता रू. १०० अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्य ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित राखेको छ । 

यो आईपीओमा आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड पुग्नेछ । आर्थिक वर्ष २०७६÷७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ३१३ दशमलव १६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस