aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

अजोड इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ फागुन २०७७
अजोड इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने

काठमाडौं । यस आर्थिक वर्षको सुरुवातमै गत साउन ४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको अजोड इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण स्वीकृतिको लागि बीमा समितिमा पठाउँने निर्णय गरेपनि लाभांश सम्बन्धि कुनै पनि निर्णय गरेको छैन् । 

कम्पनीको माघ २१ गतेको सञ्चालक समितिको बैठकले लाभांश सम्बन्धि कुनै निर्णय नगरेको हो । यस कम्पनीले सर्वसाधारणमा रू. ३० करोड बराबरको शेयर जारी गरी चुक्तापूँजी रू. १ अर्ब कायम गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. ६ करोड ६३ लाख र बीमा कोष रकम रू. ८ करोड २७ लाख छ । कम्पनीले यो अवधिसम्म रू. ४ करोड ६ लाख खुद नाफा गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस