aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बोनस विवाद नसल्टिएपछि त्रिवेणी स्पिनिङ मिलका मजदूर आन्दोलनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ फागुन २०७७
बोनस विवाद नसल्टिएपछि त्रिवेणी स्पिनिङ मिलका मजदूर आन्दोलनमा

काठमाडौं । बोसन विवादका कारण त्रिवेणी स्पिनिङ मिलले गत माघ २५ गतेदेखि उत्पादन ठप्प पारेको छ । त्रिवेणी समूहको धागो उत्पादन गर्ने उद्योगले बोसन विवाद नसल्टिएपछि उद्योगमा कार्यरत मजदूरहरू उत्पादन ठप्प गरेर आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीहरूले गत आर्थिक वर्षको बोनस दिन उद्योगलाई पटक पटक आग्रह गर्दा पनि नदिएपछि अन्ततः उनीहरूले उत्पादन नै रोकेर आन्दोलनमा उत्रिएका हुन् ।

वीरगंज–पथलैया औद्योगिक कोरीडोरको छातापिपरामा अवस्थित उद्योगमा कार्यरत मजदूरहरूले सूचना नै टाँसेर उत्पादन ठप्प पारी हडतालमा उत्रिएका हुन् । त्रिवेणी स्पिनिङ मिलले दैनिक ३० टन धागो उत्पादन गर्ने गरको छ । उक्त उत्पादित धागो भारत र टर्कीमा निर्यात हुने गरेको छ । उद्योग व्यवस्थापन पक्षले बोनस मजदूरको खातामा नराखि दिएसम्म उत्पादन शुरू नगर्ने उद्योगमा कार्यरत मजदूर संगठनबीच  सहमति भएको पनि उनले  बताए । 

छ । मजदूरहरूले २५ हजारदेखि ५० हजार रुपैयाँसम्म बोनस पाउने मजदुर संगठनहरूले बताएका छन् । उद्योगमा करिब १२ सय मजदूर कार्यरत छन् ।  उद्योगले ती कर्मचारीहरूलाई बोनस बाँडदा साढ चार करोड रुपैयादेखि ५ करोडसम्म बोनस बाड्नु पर्ने हुन्छ ।  यस अघि पनि मजदूरहरूले बोनसको विषयलाई लिएर व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए । गत आर्थिक वर्षमा सबै उद्योगधन्दाहरू कोभिडका कारणले बन्द भएका थिए । सो अवसरमा उक्त उद्योग पनि बन्द थियो ।  

मजदूर आन्दोलनमा उत्रिएका उद्योगका अध्यक्ष रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा महासंघ रोजगारदाता परिषदको सभापति पनि हुन् । उनकै उद्योगका मजदूरहरू अहिले बोनसको नपाएसम्म काम नगर्ने भनि आन्दोलनमा छन् । यता संघईको माता त्रिवेणीदेवी संघईको अस्ति मंगलबार निधन भएको छ । तसर्थ उनी अहिले बाहिर निस्कन सक्ने अवस्था छैन । यस अर्थमा उद्योगमा हाल देखिएको समस्याको टुंगो लागि हाल्ने अवस्था देखिदैन ।  

नेपाल धागो उद्योग संघका सचिव उत्तम प्रसाद गौतमले मजदूरहरूको समस्या अध्यक्षज्यूले सुल्झाउने बताए । ‘उहाँ आफै नेपाल उद्योग वाणिज्य महासंघ रोजगार दाता परिषदको सभापति हुनुभएकोले पनि यो विवाद जतिसक्दो चाँडो टुङ्गिन्छ भन्ने हो,’ उनले भने तर, अहिले उहाँ बाहिर जान सक्ने अवस्था छैन ।’ यस विषयमा के भएको चूरो कुरा बुझ्ने सचिव गौतमले बताए । त्रिवेणी ग्रूपअन्तर्गत करिब २ दर्जन उद्योगहरू सञ्चालनमा रहेका छन् भने अन्य धेरै व्यापारिक कम्पनी पनि सञ्चालनमा छन् र यस ग्रूपअन्तर्गत १६ हजार जनाले रोजगारी पाइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस