aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
राष्ट्रिय परिचयपत्र विभाग

राष्ट्रिय परिचयपत्र विभागले माग्यो १०० जना कर्मचारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ फागुन २०७७
राष्ट्रिय परिचयपत्र विभागले माग्यो १०० जना कर्मचारी

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ । राष्ट्रिय परिचयपत्र कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका बाहिरका स्थानीय तहमा रहेर काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरिएको हो ।

त्यस्ता कर्मचारीको नियुक्ति करारमा हुनेछ । उनीहरुलाई विभिन्न स्थानीय तहमा खटिने घुम्ती टोलीमा रही नागरिकको विवरण संकलन गर्ने जिम्मेवारी हुनेछ ।

अहिले १ सय जना कर्मचारीको भर्ना गर्ने बताइए पनि आवश्यकता अनुसार थप १ सय जनालाई रोष्टरमा राखी आवश्यकता अनुसार भर्ना गर्ने समेत विभागले जनाएको छ । यस्तो नियुक्ति खुला प्रतिस्पर्धाबाट हुने समेत विभागले प्रष्ट्याएको छ ।

प्रतिक्रिया दिनुहोस