aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
आईपीओ

रुरु जलविद्युतको आईपीओ निष्कासन सुरु, दोस्रो चरणमा सर्वसाधारणलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ फागुन २०७७
रुरु जलविद्युतको आईपीओ निष्कासन सुरु, दोस्रो चरणमा सर्वसाधारणलाई

काठमाडौं । रुरु जलविद्युत् लिमिटेडको शेयर निष्कासन आजदेखि सुरु हुने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रमा स्थानीयवासीका लागि शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्कासन सुरु गर्न लागिएको हो ।

यसअन्तर्गत आयोजना प्रभावित गुल्मीका स्थानीयवासीलाई सो शेयर जारी हुनेछ । आजदेखि सुरु हुने सो निष्कासन छिटोमा फागुन २१ गते र ढिलोमा चैत ८ गते बन्द हुने जनाइएको छ ।

प्रभावित क्षेत्रका वासिन्दापछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालार्ई सो आईपीओ जारी हुनेछ । रुरुले ८ करोड रुपैयाँ बराबरका ८ लाख ७ हजार कित्ता शेयर जारी गर्न माघ २१ गते धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको थियो । यो कुल चुक्ता पुँजीको २० प्रतिशत बराबर हो ।

त्यसमध्ये १० प्रतिशले हुन आउने ४ लाख ३ हजार कित्ता स्थानीयबासी र थप १० प्रतिशतले हुन आउने ४ लाख ३ हजार कित्ता शेयर सर्वसाधारणका लागि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस