aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिभिल लघुवित्तले डाक्यो साधारणसभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ फागुन २०७७
सिभिल लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा डाकेको छ । लघुवित्तले नवौं वार्षिक साधारणसभा आगामी चैत ५ गते बिहीवारका लागि डाकेको हो । 

कम्पनी सञ्चालक समितिको बिहीवार बसेको बैठकले बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वरमा विहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सभाले चुक्तापूँजीको ०.१८४ प्रतिशत नगद लाभांश र ३.५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ भने आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

प्रतिक्रिया दिनुहोस