aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

डेढ दर्जन कम्पनीको साधारण सभा, कुन कम्पनीले के के दिँदैछन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०८ फागुन २०७७
डेढ दर्जन कम्पनीको साधारण सभा, कुन कम्पनीले के के दिँदैछन्

काठमाडौं । पुष मसान्त सकिएको एक महिना वितिसेके पनि धेरै कम्पनीहरुको साधारणसभा अझै गर्न सकेका छैनन । अबको केहि महिनामा एक बीमा कम्पनी, नौं वटा लघुवित्त, एक तारा गाउँ रेजेन्सी होटल, दुई वटा जलविद्युत, एक विकास बैंक र एक वाणिज्य बैंकको साधारण सभा हुँदैछ ।   

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको माघ २० गतेको सञ्चालक समितिले गरेको प्रस्ताव अनुसार कम्पनीको १८ औं साधारणसभा फागुन २५ गते बस्दैछ । सञ्चालक समितिको प्रस्ताव अनुसार आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यस्तै, सिभिल बैंकको फागुन ९ गते काठमाडौंमा बस्दै छ । उक्त साधारणसभा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  बैंकले साधारण सभा प्रयोजनका लागि माघ २३ गते एक दिन बुकक्लोज गरेको थियो । 

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा फागुन २२ गते शनिबार हुनेछ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका लगानीकर्तालाई ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन ७ गतेदेखि फागुन २२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

स्वाभिमान लघुवित्त वित्तीय संस्था फागुन १३ गते साधारण सभा बस्दैछ । उक्त साधारणसभाले २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश पारित गर्ने छ । उक्त साधारणसभाका लागि माघ ३० गते एक दिन बुकक्लोज गरेको छ । 

तारागाउँ रिजेन्सी होटेल लिमिटेडको पुस २३ गते सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २४औं वार्षिक साधारण सभा फागुन १४ गते गर्ने भएको छ ।   शुक्रबार, कम्पनीको रजिष्टर्ड कार्यालय, बौद्ध, काठमाडौंमा बिहान ११ बजेबस्ने साधारणसभाले १० प्रतिशत नगद लाभांश पारित गर्ने छ । साधारण सभा प्रयोजनका लागि माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुकक्लोज गरेको छ । 

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा फागुन १५ गते, शनिबार नवलपरासीको गैंडाकोटमा बस्दैछ । सभाले खप्तड लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्ने छ । संस्थाले विशेष साधारणसभा प्रयोजनका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको १५औं र १६औं वार्षिक साधारण सभा फागुन २१ गते बस्नेछ ।  बैंकले साधारण सभा प्रयोजनका लागि फागुन ५ गतेदेखि फागुन २१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

पाँचथर पावर कम्पनी लिमिटेडको चौथो र पाँचौ वार्षिक साधारण सभा फागुन २४ गते हुनेछ ।  काठमाडौंमा हुने सभाले आर्थिक वर्ष २०७५र ७६ र २०७६र ७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । 

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको लिमिटेडको २२औं वार्षिक साधारण सभा फागुन २५ गते बस्नेछ । आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका लगानीकर्तालाई १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन ११ गतेदेखि फागुन २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको चौंथो वार्षिक साधारण सभा फागुन २८ गते ह्वाइट हाउस पार्टी प्यालेस दुलेगौँडा तनहुँमा बिहान ११ बजेदेखि बस्नेछ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

 नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका सातौँ वार्षिक साधारण सभा चैत्र ५ गते बस्नेछ । आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा चैत्र ५ गते बस्दैछ । काठमाडौंको त्रिपुरेश्वरमा बस्ने सभामा संस्थाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हकप्रदपछि हाल कायम चुक्ता पुँजीको ३.५ प्रतिशत बोनस शेयर र ०.१८४२१ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ३.६८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरिसकेको हो । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । 

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बाहौं वार्षिक साधारण सभा फागुन २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बस्दैछ ।  सभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका लगानीकर्तालाई आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३.२७३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्दैछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १५ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा फागुन १९ गते हुनेछ । आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५र७६ को लेखापरीक्षण प्रतिवेदन पास गर्ने छ भने आर्थिक वर्ष २०७६र७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।  कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । 

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको फागुन २१ गते हुने साधारणसभाले ३१ प्रतिशत लाभांश पारित गर्दैछ ।  सधारण सभा प्रयोजनका लागि संस्थाले फागुन ५ गते बुक क्लोज गरेको छ । 

लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको १८औं वार्षिक साधारणसभा फागुन २५ गते मंगलवार हुने भएको छ । कम्पनीले एनआइसी शिक्षालय हल नक्सालमा बिहान १०ः३० बजे सभा आयोजना गर्ने भएको हो ।

कोभिड–१९ महामारी जोखिमका कारण साधारणसभा भिडियो कन्फ्रन्समार्फत उपलब्ध गराईने कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिबाट प्रस्ताव गरेको चुक्तापूँजीको ०.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर पारित गर्नेछ । सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ ।  

त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा प्रयोजनको लागि कम्पनीले फागुन ७ गतेदेखि २५ गतेसम्म शेयरधनी बुक क्लोज गर्ने भएको छ । 

बुक क्लोजको आधारमा फागुन फागुन ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस