
काठमाडौं । नागरिक लगानी कोषले जारी गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कोषले पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको हो ।
कोषले चुक्ता पूँजीको १ः०८२८४ अर्थात एक कित्ता शेयर बराबर शुन्य दशमलव आठ दुई आठ चारको अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।
कोषको हकप्रदमा १२ लाख ६ सय ६० जना शेयरधनीले आवेदन दिएका थिए । उक्त आवेदन दिए अनुसार फागुन ६ गते बिहीबार बाँडफाँड गरिएको कोषले सूचना मार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस