
काठमाडौं । सजिलो लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रकृया सम्पन्न गरी एकिकृत कारोबार अघि बढाएको समीट लघुवित्त वित्तीय संस्थाले यस वर्ष लाभांश नदिने भएको छ ।
दुबै कम्पनीको गत आर्थिक वर्ष ०७६÷७७ को छुट्टाछुट्टै वित्तीय विवरण प्रकासित गरी समीट लघुवित्त वित्तीय संस्थाको १२औं वार्षिक साधारण सभाका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गरेको जानकारी कम्पनीले दिएको छ । समीट र सजिलो लघुवित्त एक भई गत असोज ६ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन ।
समीट लघुवित्तले अघिल्लो आर्थिक वर्ष ०७५÷७६ को सञ्चित मुनाफाबाट २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ११ प्रतिशत नगद लाभांश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस