aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पुरानो दुई आर्थिक वर्षको लाभांश बुझिलिन मिर्मिरे लघुवित्तले गर्यो अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ फागुन २०७७
पुरानो दुई आर्थिक वर्षको लाभांश बुझिलिन मिर्मिरे लघुवित्तले गर्यो अनुरोध

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७०/७१ र ०७३/७३ को लाभांश बुझिलिन शेयरधनीहरुलाई अनुरोध गरेको छ । कम्पनीले आइतवार सुचना जारी गरी उक्त आवको रू. ४ लाख ९७ हजार ७३१ दशमलव २७ बराबरको लाभांश लिन बाँकी शेयरधनीहरुलाई ३० दिनभित्र बुझिलिन भनेको हो ।  

कम्पनीले सुचना सार्वजनिक भएको मितिले ३० दिनभित्र शेयर रजिष्ट्रारको कार्यालय नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड, हात्तिसार, काठमाडौंमा सम्पर्क राख्न भनेको हो । 

उक्त अवधिभित्र दाबी नभएमा उक्त लाभांश रकमको भुक्तानी गर्न बाँकी तथा हकप्रद निष्कासनको समयमा फिर्ता भुक्तानी लिन बाँकी रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा भईजाने समेत कम्पनीले प्रष्ट पारेको छ । 

प्रतिक्रिया दिनुहोस