aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएलजी इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ फागुन २०७७
एनएलजी इन्स्योरेन्सको बोनस शेयर हितग्राही खातामा जम्मा

 काठमाडौं । एनएलजी इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले मंसिर ५ गते १४औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिहिएको हो ।

 कम्पनीले धितोपत्र दोस्रो बजारमा फागुन ३ गतेनै उक्त बोनस शेयर सूचीकृत गराईसकेको छ । कात्तिक ४ गतेदेखि कारोबार योग्य भएको यो शेयर हितग्राही खातामा प्राप्त गरिसकेका शेयरधनीहरुले खरिद विक्री गर्र्न सक्नेछन् ।

कम्पनीले कात्तिक २४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको जानकारी दिएको हो ।

कात्तिक २४ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुले भने कर्जा प्रवाह गर्ने कम्पनीकोको नाममा रोक्का जनाई शेयर जम्मा हुने हुदाँ कर्जा राफसाफ भैसकेको भए सम्बन्धित कम्पनीमा सम्पर्क गरी कुकुवा गर्न कम्पनीले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस