aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ज्योति लाइफको ६६ लाख कित्ता आईपीओ निष्कासन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ फागुन २०७७
ज्योति लाइफको ६६ लाख कित्ता आईपीओ निष्कासन हुने

 काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आईपीओ विक्री गर्न फागुन ७ गते अनुमति दिएको हो । यो आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी एनएमबि क्यापिटलले पुरा गर्नेछ । 

यस कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब रुपैयाँको लागि ६६ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । हाल कम्पनीको संस्थापकतर्फबाट मात्र चुक्ता भएको पूँजी  १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी  २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।  

प्रतिक्रिया दिनुहोस