aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

स्मार्टफोन निर्माता शाओमीले अब स्मार्ट विद्युतीय कार बनाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ फागुन २०७७
स्मार्टफोन निर्माता शाओमीले अब स्मार्ट विद्युतीय कार बनाउने

एजेन्सी । चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले अब नयाँ व्यवसाय प्रवेश गर्ने योजना बनाइरहेको छ । आईफेभल न्यूजका अनुसार कम्पनी स्मार्ट कारहरू बनाउने तयारीमा छ ।

कम्पनीले लामो समयदेखि इलेक्ट्रिक कारहरू बनाउन योजना बनारहेको उक्त समाचार संस्थाले जनाएको छ । कम्पनीले २०१२ मा चिनियाँ इलेक्ट्रिक कार स्टार्टअप एक्सपेन्गमा  इलेक्ट्रिक कार परियोजनाको लागि लगानी लगानी गरिसकेको छ ।  यसका लागि कम्पनीको आफ्नै आन्तरिक रणनीति टोली पनि छ।

रिपोर्टका अनुसार, शाओमीका वर्तमान सीईओ ली जुनले परियोजनाको  ​​नेतृत्व गर्ने बताइएको छ । केही दिन पहिले, हाइकार र बेइसीबीचमा विद्युतीय कारहरू बनाउन साझेदारी गरेको छन । 

प्रतिवेदनका अनुसार कम्पनीले स्मार्ट कारहरूमा पनि फोकस गरिरहेको छ किनभने स्मार्टफोनको क्षेत्रमा केही समय नयाँ उत्पादनहरु रोकिन्छन । आगामी दिनमा इलेक्ट्रिक कारहरु बढ्दो लोकप्रिय हुन गइरहेका छन् र माग पनि निरन्तर बढिरहेको छ । शायोमीका सीईओ ली जुन २०१३  मा दुई पटक अमेरिका गएका थिए । जुन टेस्लाका सीईओ एलोन मस्कलाई भेटेका थिए । 

प्रतिक्रिया दिनुहोस