aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रुबिनाले जितिन् १४औँ संस्करणको बिग बोसको उपाधि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० फागुन २०७७
रुबिनाले जितिन् १४औँ संस्करणको बिग बोसको उपाधि

एजेन्सी । रियालिटी शो बिग बोसको १४औं संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् । १४० दिनसम्म चलेको यसपालिको सिजनमा राखी सावन्त, राहुल वैद्य, अलि गोनी र निक्की तम्बोलीलाई फिनालेमा पराजित गर्दै रुबिना विजेता बनेकी हुन् । 

उक्त जितसँगै रुबिनाले ३४ लाख भारु नगद प्राप्त गरेकी छन्। रुबिना यसअघि टिभी सिरियल छोटी बहु की चर्चित अभिनेत्री थिइन्। रुबिनासँगै राहुल वैद्य बिग बोसको फर्स्ट रनर अप बनेका छन् । इन्डियन आइडलको पहिलो सिजनमा पनि उनी उत्कृष्ट तीनमा परेका थिए ।

बिग बोसको यस सिजनमा रुबिनाको दम्पत्ती नै प्रतिस्पर्धी थिए । यस्तै निशान्त सिंह मलकानी, राखी सावन्त, जस्मिन भसीन, सारा गुरपाल, पवित्रा पुनिया, जान कुमार सानु, शहज़ाद देओल, निक्की तंबोली र एजाज खान समेत बिग बोसमा थिए । बिग बोसको अघिल्लो सिजन भने सिद्धार्थ शुक्लाले जितेका थिए । त्यस्तै आसिम रियाज फर्स्ट रनर अप बनेका थिए ।

प्रतिक्रिया दिनुहोस