
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले १ बराबर शून्य दशमलव २९ को अनुपातमा ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर विक्रीको अनुमति माग्दै फागुन ९ गते बोर्डमा निवेदन दर्ता गराएको हो ।
हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । अपिले पहिलो चरणमा गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो । अपिले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।
प्रतिक्रिया दिनुहोस