aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विद्युत नियमन आयोगका अध्यक्ष र सचिवबीच लफडा, वाधा पुर्याउने सचिवको सरुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० फागुन २०७७
विद्युत नियमन आयोगका अध्यक्ष र सचिवबीच लफडा, वाधा पुर्याउने सचिवको सरुवा

काठमाडौं । विद्युत नियमन आयोगका अध्यक्ष र सचिवबीच पावरको दम्भ बढ्दै गएपछि अन्ततः सचिवको सरुवा भएको छ । आयोगका अध्यक्ष इन्जिनियर दिल्लीवहादुर सिंह र सचिव जीवछ मण्डलबीच भतभेद उत्पन्न भएर आयोगको कामकारवाहीमा बाधा पुगेको कारण मण्डलाई हिजो आइतबारनै विद्युत विकास विभागका सरुवा गरिएको छ । 

सचिव मण्डलले अध्यक्ष सिंहले भनेको कहिले मान्दैनन्, गर्नुपर्ने काम पनि समयमा कहिले गर्दैनन् र उनलाई टेर्दैनन् पनि । म नै सर्वेसर्वा हो भनेर काम गर्छन र अनावश्यक रुपमा दुःख दिने नियतले फाइल अड्काएर राख्ने गरेका छन् । यसले आयोगको कार्य सम्पादनमा प्रश्न खडा गरेको छ । 

‘अध्यक्ष अघि बढाएको काममा सचिवले जहिले पनि अड्को थापेर आयोगको काम, कारवाही अप्ठ्यारो परिरहेको थियो,’ आयोग स्रोतले भन्यो । आयोग पदाधिकारी र सचिवबीच देखिएको विवादका कारण आयोगको दैनिक कामकारवाहीमा समेत वाधा पुगेपछि उनको सरुवा भएको आयोग स्रोतले जानकारी दिएको छ । 

‘अध्यक्ष र सचिवबीचको विवादको कारण आयोगको काम, कर्तव्य तथा अधिकारमा समेत प्रश्न उठन थालेपछि सचिवलाई सरुवा गरिएको स्रोतको दावी छ । आयोगमा विभिन्न प्रक्रियाका लागि आउने फाइलहरू सचिवपछिमात्रै आयोग पदाधिकारीमा जाने अभ्यास छ । सोही कारण उनले काम बिथोल्न फाइल नै नहेर्ने र हेरेपनि विभिन्न भाँजो हालेर फाइल अड्काउने गरेको आयोगको भनाइ छ । 

सचिव मण्डलले आफूले हेरेर ठिक भएका फाइलसमेत उनले अध्यक्षको निर्णयका लागि पठाउँदैनन् । उनको यस्तो प्रवृत्तिले आयोगलाई काम गर्न साह्रै गाह्रो र अप्ठ्यारो पर्ने गरेको थियो । अब उनको सरुवा भएपछि अहिलेसम्म उनको टेबुलमा अड्किएको फाइल अघि बढ्ने आम सेवाग्राहीले आयोगबाट तत्काल सेवा पाउने विश्वास लिइएको छ । 

आयोगले विद्युत महसुल निर्धारण, विद्युत सेवा शुल्कमा छुट, डेडिकेटेड तथा टं«कलाइन सम्बन्धि निणर््य गर्ने गर्दछ भने विद्युत खरिद बिक्री सम्झौता (पीपीए) निर्धारण तथा जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्कासन (आईपीओ) स्वीकृति लगायतका कार्य सम्पादन गर्दै आएको छ । सचिव र अध्यक्षबीच लाइन नमिल्दा अहिले आयोगका यी कामहरू प्रभावित भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस