
काठमाडौं । निशानको नयाँ उत्पादन म्यागनाइट गाडिको मूल्य सार्वजनिक गरेको छ । निशानको नेपालको आधिकारीक वितरक पायोनियर मोटो कर्प प्रालिले नयाँ मूल्य सार्वजनिक गर्दै नेपालभरीका सबै डिलरहरुमार्फत बुकिङ खुल्ला गरेको हो । कम्पनीले सोमबार एक कार्यक्रम गरी यसको बुकिङ खुल्ला गरेको ड । निशानको नयाँ गाडी वेभसाइटमा गएर यस एसयूभीको बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा निशान म्याग्नेसाइटको मूल्य २९ लाख ४९ हजार रुपियाँ रहेको छ । यी गाडिहरु बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक रहेको कम्पनीले बताएको छ । निशान मोटर इण्डियाका अध्यक्ष तथा दक्षिण एसिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार निशासन म्यागनाइटले निशान नेस्क्टको नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरुवात गर्दछ ।
‘मेक इन इण्डिया, मेक फर द वल्ड’को नारासहित नयाँ निशान म्यागनाइटमा २० वटाभन्दा बढि प्रथम श्रेणी र वेष्ट–इन–सेगमेन्टका सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस