aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ फागुन २०७७
अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त

 काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले साधारण शेयर(आईपीओ) निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको नियुक्त गरेको हो । 

अप्पर स्याङ्गे हाइड्रोपावरको परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ । अप्पर स्याङ्गेका अध्यक्ष वीरबहादुर घलेले यो परियोजना कोविड १९को प्रभावका कारण केहि डिला भएपनि यथाशिघ्र निर्माण सम्पन्न हुने जानकारी दिए । यस परियोजनामा कृति भेन्चर फ्mण्ड, भेष्ना भेन्चर फ्mण्ड र व्यात्तिगत लगानिकर्ताहरुले लगानी गरेका छन । 

माछापुच्छ्रे्े कृति क्यापिटल लिमिटेडले (पहिलेको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड) यस परियोजनाको  स्थापनाकाल देखिनै संस्थागत परामर्शका रुपमा सेवाहरू प्रदानगर्दै आएको छ । साथै यस परियोजनाकालागिआवश्यकऋण साझेदारका रुपमा प्राइम कमर्शियल बैंक रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस