aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ फागुन २०७७
महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

काठमाडौं ।महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर फागुन १४ गते शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ । साधारण शेयरको बाँडफाड हात्तिसार स्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा हुने समेत विज्ञप्तिमा जनाइएको छ ।

महिला लघुवित्तले २०७७ माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ । 
 

प्रतिक्रिया दिनुहोस