aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिष्टममा समस्या देखाएर मनोबल गिराउने खेल भएको लगानीकर्ताहरुको आरोप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ फागुन २०७७
सिष्टममा समस्या देखाएर मनोबल गिराउने खेल भएको लगानीकर्ताहरुको आरोप

काठमाडौं । लगानीकर्ता संघहरुले बुधवार कारोबार प्रणालीमा समस्या देखाएर लगानीकर्ताहरुको मनोबल गिराउने खेल भएको आरोप लगाएका छन् ।  नेपाल इन्भेष्टर्स फोरम , शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूहकले संयुक्त रुपमा विज्ञप्ती जारी गरेको छन् । 

 परिसूचकमा नियोजित रुपमा नकारात्मक सुचक देखाई लगानीकर्ताहरुको मनोबल गिराउने काम भएको आरोप लगाएका हुन । सिष्टममा बारम्बार समस्या देखाएर लगानीकर्ताको सम्पत्तिमाथी खेलभाड गर्न खोजेको आरोप समेत उनिहरुले लगाएका छन् । 

नेप्सेको कमजोर सिष्टमकै कारण दैनिक आम लगानीकर्ताहरु क्लोज आउँटमा परेर करोडौंको क्षति व्यहोर्न बाध्य भएको समेत संयुक्त प्रेस विज्ञप्तीमा उल्लेख छ । बुधवार नेप्सेले देखाएको सिष्टमको समस्याले आम लगानीकर्ताहरुको बजार सञ्चालक निकायप्रतिको विश्वसनियतामा नराम्रो धक्का लागेको गुनासो लगानीकर्ताहरुको छ ।

 लगानीकर्ता संघहरुले जारी गरेको विज्ञप्तीमा नियामक निकायसँग आम लगानीकर्ताको सम्पत्ति सुरक्षाको माग समेत गरिएको छ । नेप्सेले बुधवार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबारमा देखिएको समस्याले सिष्टम प्रभावित भएको बताएका छ । यो दिन निफ्राको शेयर शून्य मूल्यमा म्याचिङ भएकाले सिष्टममा समस्या देखिएको हो अन्य कम्पनीको कारोबारमा कुनै समस्या नदेखिएको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीको भनाई छ ।

 निफ्राको शेयर शून्य मूल्यमा म्याचिङ हुदाँ शतप्रतिशत मूल्य घटेको देखिएको समेत पराजुलीले प्रष्ट पारेका छन् । निफ्राको कारोबारले समस्या भएको पुष्टि भएसँगै सो कम्पनीको कारोबार रोक्का गरेर समस्या समाधान गरेको समेत उनले जानकारी दिए । यस्ता समस्या नदोहोरिन नेप्से प्रयासरत रहेको उनको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस