
एजेन्सी । अनुभवी लगानीकर्ता वारेन बफेटका दिनहरू अहिले राम्रो अवस्थामा छैनन् । उनले अमेरिकामा धेरै लगानी गरेका छन् । तर, अमेरिकी २०२०को बजारमा ४० प्रतिशतले त्यहाको शेयर बजारले उचाइ लिइरहेको बजारमा विश्वकै धेरै गुमाउने अर्बपतिको सूचीमा परेका छन् ।
ब्लूमबर्ग बिलियनेर्स इंडेक्सका अनुसार यस वर्ष बर्कशायर हाथवेका अध्यक्ष बुफेटको सम्पत्ति करिब १९ बिलियन डलर घटेको रहेको जनाएको छ । बर्कशायरले यस वर्षको पहिलो त्रैमासिकमा ५० अर्ब डलर घाटा रिपोर्ट सार्वजनिक गरेको छ ।
यद्यपि ७०.४ अर्ब डलरको सम्पत्तिका साथ अझै पनि विश्वको छैटौं व्यक्ति हुन् । बफेटको सम्पत्तिमा ठूलो गिरावट आएपछि उनका केही निर्णयहरूले राम्रो नतिजा नल्याएको उनको निष्कर्स रहेको छ । विश्वास केही हदसम्म कम भएको छ ।
बुफेटले भ्यालू इन्भिेमेन्टको सलाह दिने गरेका छन् । यद्यपि यस बर्षको पहिलो त्रैमासिक बजारमा ठूलो गिरावट आयो । उनी यो बजारबाट धेरै ठूला लगानीबाट बाहिर निस्कन बाध्य भए । कोरोना भाइरस महामारीको प्रकोपबाट बाहिर निस्कदै गर्दा उनले अमेरिकाको ४ ठूला विमान कम्पनीहरूको सम्पूर्ण हिस्सा बेच्न बाध्य भए ।
यी चारवटा एयरलाइन्समध्ये अमेरिकन एयरलाइन्स, डेल्टा एयरलाइन्स, साउथवेस्ट एयरलाइन्स र युनाइटेड एयरलाइन्स – बर्कशायर सबैभन्दा ठूलो लगानीकर्ता थियो ।
प्रतिक्रिया दिनुहोस