aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

दुई वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ फागुन २०७७
दुई वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई वटा वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको माघ १६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको चौँथो वार्षिक साधारण सभा फागुन २८ गते, शुक्रबार,  ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा बिहान ११ बजे हुने भएको छ । 

त्यस्तै, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि फागुन १४ गतेदेखि चैत्र ५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (बिहीबार)सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । संस्थाको फागुन ३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा चैत्र ५ गते, बिहीबार, क्रिक रिसोर्ट, धादिङमा बिहान १० बजे हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस