
काठमाडौं । लाभांश पारित गर्न स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज (बिहीबार) बस्दैछ । सस्थाको साधारण सभा डार्सिज इन्टरनेसनल होटल, बुुटवल रुपन्देहीमा बिहान ११ बजे हुने भएको हो ।
यस साधारण सभाले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।
त्यस्तै, सभामा जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।
प्रतिक्रिया दिनुहोस