
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज (शुक्रवार) बाँडफाँट गर्ने तयारी भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले बुधवार प्रि अलोटमेण्ट गरीसकेकोले आज शुक्रबार बाँडफाँट गर्ने भएको जानकारी दिएको हो ।
कम्पनीको आईपीओमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन परेको छ । यस अन्तिम तथ्यांकलाई हेर्दा न्युनतम १० कित्ताको दरले वितरण गर्दा ३७ हजार ५०० जना आवेदकले मात्र शेयर हात पार्नेछन् भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनाको अर्थात् ९७.५ प्रतिशतको हात खाली हुनेछ । माग भन्दा धेरै आवेदन परेकोले उक्त आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड पुग्नेछ । आर्थिक वर्ष २०७६÷७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ३१३ दशमलव १६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस