aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

महिला लघुवित्तको आईपीओ बाँडफाँट, यी तीन ठाउँबाट हेर्न सकिन्छ नतिजा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ फागुन २०७७
महिला लघुवित्तको आईपीओ बाँडफाँट, यी तीन ठाउँबाट हेर्न सकिन्छ नतिजा

काठमाडौं । महिला लघुवित्तले निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान ८ बजे आईपीओ बाँडफाँड गरेको हो ।  

आवेदन दिएका कुल लगानीकर्तामध्ये ३७ हजार ५०० जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बिक्रि प्रबन्धकले बताएको छ। लघुवित्तको आइपीओमा १५ लाख ४० हजार ३५ जना आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण गरिएको हो। 

कम्पनीले माघ ३० गतेदेखि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणमा बाँडफाँड गरिएको हो। 

आईपीओ नतिजा तीन ठाउँबाट मात्र हेर्न सकिन्छ । आईपीओ नतिजा हेर्न आईपीओ जारी गरेको सम्बद्ध कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो शेयरबाट मात्र हेर्न सकिन्छ । यसअघि विभिन्न सञ्चार माध्यमको वेबसाइटमा पनि आईपीओको रिजल्ट हेर्न पाइन्थ्यो ।    

प्रतिक्रिया दिनुहोस