
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले फागुन १४ गते (आज) २४औं वार्षिक साधारण सभा आयोजन गर्दैछ । होटल्सको रजिष्टर्ड कार्यालय, बौंद्ध, काठमाडौंमा विहान ११ बजेदेखि सभा सुरु हुनेछ । कोभिडको जोखिमलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट शेयरधनीहरुलाई सहभागी गराई सभा गर्ने तयारी कम्पनीको छ । सभाले प्रस्तावित १० प्रतिशत (कर समेत) नगद लाभांश पारित गर्नेछ ।
हाल होटल्सको चुक्तापूँजी रू. १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार छ । सोही पूँजीको आधारमा होटल्सले लाभांश वितरण गर्न लागेको हो । लाभांशसँगै सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै एक जना सञ्चालकको निर्वाचन समेत गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि होटल्सले माघ ३० गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा माघ २९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउँन योग्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस