
काठमाडौं । टिभिएस टु ह्विलर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले हिजोदेखी भृकुटीमण्डपमा ग्रान्ड एक्सचेन्ज मेला शुरु गरेको छ । बिहिबारबाट शुरु भएको यस मेलामा सर्वसाधरणको भिड लागेको छ । यो मेला १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
मेलामा ग्राहकले कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटरसंग टिभिएसको नयाँ मोटरसाइकल अर्थात स्कुटर एक्सचेन्ज गर्न पाउनेछन् । पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मुल्य भन्दा १५ हजार रुपैया थप मुल्यांकन पाउनेछन् । नयाँ मोटरसाइकल खरिदमा १२ हजार रुपैयाँ सम्मको आकर्षक छुटको समेत ब्यावस्था मिलाइएको छ । यसै गरी किस्ता बन्दिमा सवारीसाधन खरिद गर्न चाहने ग्राहकले १८ महिनासम्म सून्य प्रतिशत ब्याजदरको सुबिधा पाउने छन् ।
न्युनतम ५ हजार १ सय ९१ रुपैयाँको मासिक किस्ताबन्दिमा टिभिएसका ब्रान्ड न्यु मोटरसाइकल अर्थात स्कुटर खरिद गर्न सकिने ब्यावस्था मिलाइएको छ । साथमा मेला अबधीमा अग्रिम बुकिङ गर्न चाहने ग्राहकले २ हजार मूल्य बराबरको एसेसोरिज समेत सित्तैमा पाउनेछन् । मेला स्थालमा पुगेर टेष्ट राइड गर्न चाहने ग्राहकले समेत हात खाली फर्कनु नपर्ने र बम्परमा थाइल्यान्ड भ्रमणको अबसर पाउने बताइएको छ ।
टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटरले पछिल्लो समय नेपाली राइडरमाझ लोकप्रियता हाँसिल गरिरहेको छ । देशभर १ सय भन्दा बढी डिलर नेटवर्क स्थापना गर्न सफल जगदम्बा मोटर्सले ग्राहकलाई बिक्री र बिक्री पछिको सेवामा उच्चतम सन्तुष्टि प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस