aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईपीओ रिजल्ट हेर्न अब छुट्टै वेबसाइट बन्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ फागुन २०७७
आईपीओ रिजल्ट हेर्न अब छुट्टै वेबसाइट बन्यो

काठमाडौं । सीडीएस एण्ड क्लियरिंग हाउसले साधारण शेयरको नजिता हेर्ने नयाँ वेसाइट निर्माण गरेको छ । अब देखि क्लियरिंग हाउसले नै सञ्चालन गरेको आईपीओ रिजल्ट.सिडीएससी डट कम.एपी (http://www.iporesult.cdsc.com.np)अनलाइन पोर्टलमा आईपीओको नतिजा हेर्न सकिने भएको हो ।

क्लियरिंग हाउस संञ्चलान कार्यविधिको कार्यान्वयनका लागि क्लियरिंग हाउसले लगानीकर्ताको तथ्यांकको सुरक्षाको लागि यो नयाँ वेबसाइट बनाएको क्लियरिंग हाउसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए । 

शुक्रबार सार्वजनिक भएको महिला लघुवित्तको आइपीओको नतिजा हेर्नलाई दिनभरी नै लगानीकर्ताले हैरान खेपेका थिए । उक्त कम्पनीको आइपीओ नतिजा पनि यहि साइटमा उपलब्ध गराएको सीडिएससीले जनाएको छ ।
 
महिला लघुवित्तको आइपीओ हेर्न लगानीकर्ताहरुको चापका कारण मेरो शेयरमा समस्या आएका कारणले इडिआइएस समेत प्रभावित भएको थियो । उक्त प्रभावित भएको दिन फागुन १३ गतेको कारोबारको राफसाफ फागुन १६ गतेसम्म गर्न सकिने व्यवस्था मिलाएको सीडिएससीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

धितोपत्र बाँडफाँटको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको भए पनि ती कम्पनीका वेबसाइटले चाप थाम्न नसक्दा लगानीकर्ताले सहजै नतिजा हेर्न सकेका थिएनन् । विभिन्न अनलाइन सञ्चारमाध्यमले शेयर बाँडफाँटको नतिजा हेर्न सक्ने गरी राख्दा लगानीकर्ताको गोपनीयतामा असर गरेको भन्दै सम्बन्धित कम्पनीको वेबसाइटबाट मात्र हेर्न सकिने बनाइएको थियो ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर बाँडफाँटको नतिजा सो कम्पनीको वेबसाइट तथा उक्त सार्वजनिक निष्कासनको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिको वेबसाइटमा राखिएकामा लगानीकर्ताको अत्यधिक चापका कारण दुवै वेबसाइटले काम गर्न सकेका थिएनन् । दिनभर जसो उक्त वेबसाइट ‘डाउन’ भएको थियो ।

कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटले काम नगरेपछि लगानीकर्ताको चाप मेरो शेयरमा परेको थियो । यसका कारण मेरो शेयरको अन्य सेवा शुक्रबार दिनभर जसो नै प्रभावित भएको थियो । सार्वजनिक निष्कासनको नतिजामात्र राखिने उक्त वेबसाइट सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्न सक्ने गरी उच्च क्षमतामा तयार गरिएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

सार्वजनिक निष्कासनका लागि करीब १५ लाखले आवेदन दिने गरेका छन् । सो वेबसाइटमा लगानीकर्ताले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा बाँडफाँट सम्पन्न हुनेबित्तिकै हेर्न सक्नेछन्

 

प्रतिक्रिया दिनुहोस