aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

शेयर बजारमा लगानी समूह थप, होटल्स समूहको नाम परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ फागुन २०७७
शेयर बजारमा लगानी समूह थप, होटल्स समूहको नाम परिवर्तन

काठमाडौं । आइतवारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले समूहगत परिसूचकमा लगानी समूह थप गर्ने भएको छ । हाल म्यचुअल फण्ड वाहेक ११ समूहगत परिसूचक गणना हुदैं आएको लगानी समूह थप गर्न लागेको नेप्सेका प्रबक्ता मुराहरी पराजुलीले जानकारी दिए । उनका अनुसार थप एक समूहगत परिसूचक सहित आइतवारदेखिको कारोबारमा १७ ओटा परिसूचक गणना हुनेछ । 

पराजुलीले हाल नेप्सेमा सूचीकृत २१८ कम्पनीहरुलाई ११ समूहमा विभाजन गरी समूहगत परिसूचक गणना गर्दै आएकोमा आइतवारदेखि लगानी समूह थप गरी १२ समूहगत परिसूचक गणना गरिने भएको बताए । यस अघि म्यचुअल फण्डलाई पनि समूहगत परिसूचकमै गणना गरिदै आइएको भएपनि सूचीकृत २१८ कम्पनीभित्र म्चुचुअल फण्ड नरहेको समेत उनले प्रष्ट पारे ।

 समूहगत परिसूचकमै देखिएपनि म्यचुअल फण्डलाई कम्पनीको रुपमा गणना गर्न नमिल्ने उनको भनाई छ । यसर्थ सूचीकृत कम्पनीहरुको समूहगत परिसूचकका रुपमा ११ समूहलाई मात्र गणना गरिने जानकारी पराजुलीले गराएका छन् ।

आइतवारदेखि समूहगत १२ परिसूचकसँगै म्युचुअल फण्ड, नेप्से परिसूचक, नेप्से फ्लोट, सेन्सेटिभ इन्डेक्स र सेन्सेटिफ फ्लोट गरी १७ परिसूचक गणना गर्न लागिएको हो । हाल अन्य समूहमा रहेका आठ कम्पनीहरुमध्य चार कम्पनीलाई नयाँ थपिएको लगानी समूहमा राखी कारोबार गरिने समेत नेप्सेले जानकारी दिएको छ । नागरिक लगानीकोष, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको लगानी समूह अन्तर्गत कारोबार हुनेछ ।

साथै , साविकको होटल्स समूहको नाम परिवर्तन गरी होटल्स तथा पर्यटन समूह बनाईएको पनि नेप्सेको भनाई छ । होटल्स तथा पर्यटन समूहमा हाल अन्य समूहमा रहेको चन्द्रागिरी हिल्सलाई समेत समावेश गरिएको छ । चन्द्रागिरी हिल्ससँगै होटल तथा पर्यटन समूहमा यस अघि होटल्स समूहमा रहेका ओरियण्टल होटल्स लिमिटेड, तारागाउँ रिजेन्सी होटल र याक एण्ड यति होटल लिमिटेड होटल्स रहनेछन् ।

नयाँ व्यवस्थाबाट समूह विभाजन र परिसूचक गणनामा थप स्पष्टता आई बजार सम्बन्धि सुचना विश्लेषण गर्न सरोकारवालाहरुलाई सहज हुने विश्वास नेप्सेले लिएको छ । 

नेप्सेले अन्य समूहबाट लगानीसमूहमा सारेका कम्पनीहरु :

प्रतिक्रिया दिनुहोस