aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

१६ लाख कित्ता संस्थापक शेयरलाई साधारण बनाउँदै शिखर इन्स्योरेन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ फागुन २०७७
१६ लाख कित्ता संस्थापक शेयरलाई साधारण बनाउँदै शिखर इन्स्योरेन्स

काठमाडौं । शिखर इन्स्योरेन्सले करिब १६ लाख कित्ता संस्थापक शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्ने भएको छ ।

इन्स्योरेन्सले १५ लाख ८० हजार कित्ता शेयरलाई साधारण शेयरमा रुपान्तरण गर्न लागेको हो । यो चुक्ता पुँजीको ९ प्रतिशत बराबरले हुन आउने रकम हो ।

कम्पनीले घोषणा गरेको २७.७६९ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड ६१ लाख रुपैयाँ हुन आउँछ । सो पुँजीको आधारमा संस्थापक शेयरको रुपमा रहको ९ प्रतिशतले हुन आउने शेयरलाई साधारण शेयरमा रुपान्तरण र्न लागिएको हो ।

योसहित अन्य प्रस्ताव पारित गर्न शिखरले चैत ९ गतेका लागि आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले सो प्रस्ताव पारित गरेपछि साधारण शेयरबीच अहिले रहेको ६०ः४० को अनुपात ५१ः४९ कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस