
काठमाडौं । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण फागुन १६ गते सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले यस वर्ष रू. २७ लाख ५७ हजार खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनी रू. १ करोड ६ लाख २८ हजार खुद नोक्सानीमा थियो । यस वर्ष कुल आम्दानी बढेसँगै कम्पनीले नाफा गर्न सफल भएको हो । गत वर्ष विद्युत विक्रीबा रू. ४ करोड ४८ लाख ७७ हजार आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ७ करोड ५१ लाख ५५ हजार आम्दानी गरेको हो । गत वर्ष शून्य रहेको अन्य स्रोतको आम्दानी यस वर्ष रू. १ करोड १३ लाख रहेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल आम्दानी रू. ४ करोड १५ लाख ७८ हजार बढी भएको हो । हाल कम्पनीको चुुक्तापूँजी रू. ४२ करोड रहेको छ । कम्पनीले गत मंसिरमा सर्वसाधारणलाई आईपीओ जारी गरी पूँजी बृद्धि गरेको हो । कम्पनीको जगेडा कोष रकम भने रू. ४ करोड २३ लाख ७६ हजार ऋणात्मक रहेको छ ।
दिर्घकालिन कर्जा रू. १ अर्ब ९७ लाख ९७ हजार लिएको कम्पनीको कुल चालू सम्पत्ति रू. ४ करोड २६ लाख ७६ हजार र कुल चालू दायित्व रू. १ करोड ९८ लाख २६ हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १ दशमलव ३६ र प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव ९१ रहेको छ ।
प्रतिक्रिया दिनुहोस