
काठमाडौं । देशकै सबैभन्दा ठूलो छड उत्पादक कम्पनी अम्बे स्टील्सले शुक्रबारका दिन नुवाकोटमा डिलरहरुसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अम्बे स्टील्सका ब्राण्ड एम्बेसेडर हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठलगायत नुवाकोट जिल्लाका बरिस्ठ उज्च पदस्थ व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।
सम्मेलनको मुख्य उद्देश्य वर्षौदेखि अम्बे स्टील्स्ले ग्राहकहरुलाई प्रदान गर्दै आएको बिक्री तथा सेवाहरुको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो ।
अम्बे स्टील्सले आफ्नो भैरहवा र नेपालगञ्ज मा अवस्थित दुईवटा फ्याक्ट्रीबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी नेपाली बजारमा पु¥याउदै आएको छ । यस कम्पनीबाट उत्पादित टिएमटि छड अन्तर्राष्ट्रिय गुणस्तरको हाई डक्टिलीटी भएको हुनाले नेपाली बजारमा सबैभन्दा बढि रुचाइएको छड हो । हाल यसले फेफाइभ हन्ड्रेड डी छड पनि उत्पादन गरी उपभोक्ता माझ पु¥याउदै आएको छ ।
कार्यक्रममा कम्पनीलाई नयाँ उचाईमा पुर्याउन डिलरहरुको मिहेनत र योगदानलाई सम्मान गर्दै कम्पनीका आगामी रणनीति र भाबी योजनाबारे छलफल गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस