
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आईपीओ आज बाँडफाँट गरिने भएको छ । माघ ४ गते, आइतबारबाट आयोजना प्रभावित स्थानियहरूका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण शेयर (आईपीओ)को बाँडफाँड आजआज सोमबार बाँडफाँड गरिने भएको हो ।
आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा दिउँसो साढे ३ बजे हुने निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडले जानकारी दिएको छ । उक्त आईपीओमा १९ हजार १ सय ९८ जना आवेदकहरुले १७ लाख ४५ हजार ३ सय ५३ कित्ताको लागि आवेदन दिएका थिए । यो आयोजना प्रभावित स्थानियहरूका लागि माग गरिएको भन्दा २०.३७ प्रतिशत बढी आवेदन हो ।
उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्नेछ ।
प्रतिक्रिया दिनुहोस