aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ फागुन २०७७
स्वावलम्बन लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । अम्रपालि व्याङ्केट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे सभा बोलाईएको हो । 

नेप्सेमा सार्वजनिक सुचनामा कम्पनीको फागुन १७ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न सभा गर्ने निर्णय गरेको हो । यस वर्ष कम्पनीले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

कम्नपीले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७९ करोड २३ लाख ९९ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्नेछ । साधारण सभाका लागि बुक क्लोजको मिति भने कम्पनीले सार्वजनिक गरेको सुचनामा उल्लेख छैन् ।

प्रतिक्रिया दिनुहोस