
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा भएको छ । कम्पनीको १६औं वार्षिक साधारण सभाबाट पारित १२ प्रतिशत बोनस शेयर जम्मा भएको छ । कम्पनीले उक्त बोनस शेयर असार ५ गतेदेखि शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । हालसम्म पनि शेयर आभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराए पश्चात बोनस शेयर हितग्राही खातामा जम्मा हुनेछ ।
प्रतिक्रिया दिनुहोस